‘प्रहरीको साथी म’

विराटनगर । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सङक्रमण रोक्न जिल्ला प्रहरी कार्यालय मोरङ्गले स्थानीय युवाहरुको सहयोगमा आम नागरिकलाई सचेत गराएको छ ।

मोरङ्ग प्रहरीले ‘प्रहरीको साथी म’ भन्ने अभियान अन्तर्गत स्थानीय युवाहरुको समन्वयमा आम नागरिकलाई अनावश्यक रुपमा घरबाहिर ननिस्कन आग्रह गर्दै सचेत गराएको हो । मोरङ्ग प्रहरीले सोमबार विराटनगरको बरगाछी चौकबाट अभियानको शुभारम्भ गरेको थियो । मोरङ्ग प्रहरीले उपस्थित स्थानीय १९ जना युवा तथा सुरक्षाकर्मीहरुलाई ३ समुहमा विभाजन गरि विराटनगरको सरोचिया, तिनटोलिया तथा रानी क्षेत्रमा बसोबास गर्दै आएका आम नागरिकलाई अत्यावश्यक कार्य बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै कोरोना भाईरसको सङक्रमण बारे सचेत गराएको थियो । अभियानमा युवाहरुले पनि तरकारी तथा किराना पसलका व्यापारीहरुलाई खरिद बिक्री प्रक्रिया व्यवस्थित पार्न आग्रह गरेका थिए ।

विराटनगरको बढी भिडभाड हुने क्षेत्रमा समेत यो अभियान लैजाने जिल्ला प्रहरी कार्यालय मोरङ्गका डि.एस.पी एवं प्रवक्ता मानबहादुर राईले बताउनुभयो । आवश्यकता अनुसार आगामी दिनहरुमा पनि यस अभियानले निरन्तरता पाउने मोरङ्ग प्रहरीले जनाएको छ ।

सोमबार, १७ चैत, २०७६, रातीको १०:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर