विराटनगर । विराटनगरका एक युवा उद्यमीले मोरङ ट्राफिकलाई कोरोनाको संक्रमणबाट बच्न आवश्यक सामाग्री प्रदान गर्नुभएको छ ।
विराटनगर निवासी युवा उद्यमी मोहम्मद नसरुले ट्राफिक प्रहरीलाई सोमबार कार्यालयमै पुगेर सामान हस्तान्तरण गर्नुभएको हो ।
नसरुलले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राकेश पोद्दारलाई माक्स ३ सय थान, ग्लोब्स २ प्याकेट र ५०० एम एलको सेनेटाईजर प्रदान गर्नुभयो । पछिल्लो समय कोरोनाको संक्रमण फैलिनसक्ने अवस्थामा ट्राफिक प्रहरी जोखिमपूर्ण रुपमा खटिरहेकाले थोरै भएपनि राहत स्वरुप सामाग्री उपलब्ध गराएको नसरुलले बताउनुभयो ।
ट्राफिक इन्चार्ज पोद्दारलाई सरकारले आव्हान गरेको लकडाउन सफल बनाउन ट्राफिक प्रहरी दिनरात नभनी खटिरहेको बताउनुभयो । उहाँले उपलब्ध गराइएका सामाग्रीले कार्यसम्पादनमा सहजता हुने विश्वास ब्यक्त गर्नुभयो ।
मोरङमा हाल ८६ जना र विराटनगर महानगरपालिकामा ३० जना ट्राफिक प्रहरीहरु कार्यरत छन् ।