स्वास्थ्य सामाग्री बोकेको हेलिकप्टर बीच बाटोबाटै फर्कियो

अब केमिकलजन्य सामाग्री गाडीबाट र अन्य सामाग्री हेलिकप्टरबाट आउने

अब केमिकलजन्य सामाग्री गाडीबाट र अन्य सामाग्री हेलिकप्टरबाट आउने

विराटनगर । सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा उडेको नेपाली सेनाको स्काई ट्रक बीच बाटोबाटै फर्किएको छ ।

सोमबार बिहान उडेको सेनाको स्काई ट्रक स्यानिटाइजरबाट एक खाल्को ‘राग’ आएपछि फर्किएको बताइएको छ । चीनबाट ल्याइएका स्वास्थ्य सामाग्रीहरू लिएर नेपाली सेनाको हेलिकप्टर प्रदेश १ को राजधानी विराटनगर उडेको थियो ।

सोमबार विहान कर्णाली प्रदेशका लागि स्वास्थ्य सामाग्री लिएर नेपाली सेनाको स्काईट्रक सुर्खेत भने पुगिसकेको छ । विराटनगर र धनगढीको लागि उठेको स्काई ट्रक फर्किएको हो । ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वकीय सचिब भुवन खतिवडाका अनुसार स्वास्थ्य सामाग्री लिएर हेलिकप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको थियो । स्वास्थ्य सेवा बिभागका महानिर्देशक महेन्द्र श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सामग्री लिएर हेलिकप्टर विराटनगर आउन लागेको हो ।

हेलिपक्टरमा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीईंं र एन–९५ मास्क १÷१ हजार थान रहेको छ । यस्तै, १० हजार थान सर्जिकल मास्क, ४ हजार किलो क्लोरिन र १० थान थर्मल गन पनि रहेको विभागले जनाएको छ ।

सामान बोकेको स्काई ट्रकले उपत्यका छाड्न लागेको बेला सेनिटाईजर र अन्य केमिकलको गन्धको कारण पाइलटलाई उडानमा समस्या भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै फर्काइएको थियो । अब केमिकलहरु गाडीबाट र अन्य सामान हेलिकप्टरबाट लैजानेगरी तयारी भएको स्वास्थ्य मन्त्रालयले जननाएको छ । सरकारले चीनबाट किनेर ल्याएका स्वास्थ्य उपकरण सातै प्रदेशमा आज नै पठाउँदैछ ।

ती स्वास्थ्य उपकरण आइतबार चीनको गोञ्जाओबाट नेपाल ल्याइएको थियो ।

सोमबार, १७ चैत, २०७६, बिहानको १०:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर