झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ खेल्दै

विराटनगर । झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्।

खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो।

आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइने आयोजकले जनाएको छ।

शुक्रबार, २७ फागुन, २०७८, दिउँसोको १२:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर