अमरदह ढल्केजोवान गोल्डकपको उपाधि मानेभञ्ज्याङ दार्जिलिङको पोल्टामा

पथरीशनिश्चरे । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधि मानेभञ्ज्याङ भेट्रान फुटबल क्लब दार्जिलिङले चुमेको छ ।

मंगलबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लब विरूद्ध दार्जिलिङको मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबका जर्सी नं १६ का राज रावतले दोस्रो हाफको २० मिनेटमा गोल गर्दै आफ्नो टिमलाई १–० को अन्तरले विजयी तुल्याएका थिए।

आजको म्यान अफ दि म्याच मानेभञ्ज्याङ भेट्रान क्लब दार्जिलिङका जर्सी नम्बर १६ का राज रावत घोषित भए। उनलाई नगद ५ हजार सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गर्नुभएको थियो ।

यसैगरी, जारी चोथौ ढल्केजोवान गोल्डकपकै पहिलो ह्याट्रिक गर्ने त्रिभुवन आर्मी फुटबल क्लबका जर्सी नं. २३ का टेक बहादुर बुढाथोकीलाई बेस्ट स्कोरको टाईटल दिइएको छ । उनलाई २१ हजार नगद सहित सम्मान गरिएको हो। सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मानेभञ्ज्याङ दार्जिलिङका समीर प्रधान, बेष्ट गोलरक्षक उर्गेन शेर्पालाई २१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र सहितले पुरस्कृत गरिएको थियो।

यसैगरी, बेष्ट डिफेन्डर आर्मीका युद्ध शाहीलाई नगद १६ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको छ। अमरदह ढल्केजोवान युवा क्लबको ज्ञान, एकता मित्रता सद्भाव सुनबर्षीको पहिचान भन्ने नाराका साथ प्रतियोगिता गराइएको हो । यो प्रतियोगितामा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता थियो।

प्रतियोगिताका विजेताले ५ लाख ११ हजार तथा उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल र ट्रफीसहितले पुरस्कृत गरिएको छ । फाइनलमा उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक र रेफ्री लगायतका विभिन्न विधामा १६ हजारका दरले नगद, ट्रफी र मेडल तथा प्रमाणपत्रले पुरस्कृत तथा सम्मान गरिएको थियो ।

मङ्गलबार, २४ फागुन, २०७८, रातीको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर