विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर प्रथम ‘इक्युवालिटी कप क्रिकेट २०२२’ को आयोजना हुने भएको छ ।
विराटनगरमा आज आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फाल्गुन २१ देखि फागुन २४ गतेसम्म वैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गर्ने फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।
प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी गरि ३ जिल्ला र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्ला सहभागी हुने कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए । यसपाली पहिलो पटक भएकोले ४ टिम सहभागी भएको आगामी वर्ष थप जिल्ला समावेश गरी यसलाई वृहत बनाउने योजना रहेको कार्यकारी श्रेष्ठले बताए ।
लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिमले फाइनलले फाइनलले खेल्ने आयोजकले जनाएको छ । खेल टि–२० फर्माटमा खेलाइने छ । ४ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।