विराटनगर । दोस्रो संस्करणको मिल्स गोल्डकप हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टका आयोजनामाआउँदो चैत १२ देखि १९ गतेसम्ममिल्स गोल्डकप हुने भएको हो ।
‘रानीमिल्स एरियाको एतिहासिकपहिचान गराआंै । अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं’ भन्ने मूल नाराका साथ मिल्स गोल्डकप हुनलागेको ट्रस्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । भब्य र सम्भ तरिकाले दोस्रो संस्करणको मिल्स गोल्डकप सफल बनाउन लागि परेको ट्रस्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।
‘२९ माघमा बसेको बैठकले मिल्स गोल्डकपलाई निरन्तरतादिने निर्णाय भएको थियो । त्यहीअनुसार अहिले गोल्डकप ट्रष्टको सचिवालय पनि स्थापना भएर कामहरु भइरहेको छ,’ उनले भने, ‘गोल्डकप सफल बनाउन हामी सबै लागिपरेका छौं ।’
यस पटकको गोल्डकपमा विभागीय टिमसहित स्थानीय फुटबल क्लबहरु ल्याउने आयोजकले तयारी गरेको छ । ‘यसअघि पनि बिभागीय टिम रहेको थियो । यस पटक पनि आउनेछन्,’ गोल्डकपको संयोजक किशोर सुब्बाले भने, ‘यसपटक मधेश प्रदेश र धनकुटाबाट फुटबल क्बलले सहभागिता जनाउनेछन् । त्यसका लागि हामी तयारीमा जुटेका छौं । ’ विभागीय टिमसहित आठ वटा टिम गोल्डकपमा सहभागी हुनेछन् । जसमा गाईघाट, धरान, गोलबजार प्रतिभा फुटबल क्लब, झापाको दमक, एपिएफ, धनकुटा, उर्लाबारी, साईनो ईस्पोटस क्लब रानी मिल्स एरिया बिराटनगरको सहभागिता रहने बताइएको छ ।
पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको थियो । गत चैत १४ गते सम्पन्न गरेको उक्त प्रतियोगितामा सो बरावरको रकम मुनाफा गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गराउन विराटनगर महानगरपाकिाले १ लाख ७६ हजार ६ सय७७ रुपैयाँ सहयोग गरेको थियो । प्रतियोगिताको लागि विभिन्न संघसंस्था र फुटबल प्रेमीहरुबाट जम्मा ११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ संकलन भएको थियो । पहिलो संस्करणमा मिल्स गोल्डकपमा ११ लाख ६९ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको थियो ।
प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो । फाइनलमा साइनो स्पोर्ट्स क्बल रानी मोरङलाई पेनाल्टी सुट आउटमा ४–३ गोलले पराजित गर्दै एपीएफले नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि हातपारेको थियो भने उप–विजेता भएको साइनोले ७५ हजार रुपैयाँ पाएको थियो ।