रतुवामाईमा नियमविपरीत राष्ट्रिपति रनिङ सिल्ड

इटहरा । मोरङको रतुवामाई नगरपालिकामा नियमविपरीत राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भएको पाइएको छ ।

बुधबारबाट सरस्वती मावि रतुवामाई ६ कादुपाडामा आयोजना भएको प्रतियोगितामा केही विद्यालयले गैर विद्यार्थीहरु खेलमा सहभागी गराएको पाइएको हो ।

प्रतियोगिता अन्तर्गतको भलिबल खेलमा केही विद्यालयले नक्कली विद्यार्थीलाई आफ्नो विद्यार्थी बनाएर खेलमा सहभागी गराएका हुन् । सरस्वती मावि इटहरा र रतुवामाई ५ मा रहेको सुनवर्षी माविले उपाधि फुत्काउन गैर जिम्मेवार व्यक्तिलाई खेलमा समावेश गराएका थिए ।

पालिकाभित्रका माध्यमिक तहका विद्यार्थीहरुलाई सहभागी गराइने खेलमा सो भन्दा उपल्लो र गैर विद्यार्थीको सहारा लिएर उक्त विद्यालयहरुले सिल्ड आफ्नो पक्षमा ल्याउन खोजेको बताइएको छ ।

प्रतियोगितामा सहभागी एक खेल शिक्षकले धेरै जसो विद्यालयले नियम विपरीत खेलाडी सहभागि गराएर सिल्ड हात पार्न दुशप्रयास गरेको आरोप लगाएका छन् । मावि तहका विद्यार्थी सहभागी हुने प्रत्योगितामा अन्य तह र गैर विद्यार्थीको सहभागीता गराएर सिल्ड फुत्काउने योजनामा विद्यालयहरु रहेको उनको दाबी छ ।

राष्ट्रपति रनिङ सिल्डमा १८ वर्षमुनि मावि तहमा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउँछन् तर सो भन्दा बढी उमेर समुहका र अन्य पालिकामा अध्ययनरत विद्यार्थीहरु सामेल हुदाँ समेत आयोजक नगरपालिका र व्यवस्थापनको जिम्मेवारी लिएको विद्यालयले बेवास्ता गरिरहेको छ ।

बुधबार, १८ फागुन, २०७८, रातीको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर