अनन्त तामाङ आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएका छन् ।

अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्गालसँग सम्झौता गरेका हुन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ । अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थिए ।

थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा गरिसकेको छ ।

शुक्रबार, २८ माघ, २०७८, बिहानको ११:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर