विराटनगर । लकडाउनको समयमा विराटनगरको न्युरो अस्पताल अगाडि रहेको प्रबल मेडिकल हलले आवश्यक पर्ने औषधि विरामीको घरमै लगिदिने भएको छ ।
विरामीको लागि आवश्यक पर्ने औषधि अर्डर अनुसार घरमै उपलव्ध गराइदिने मेडिकलका सञ्चालक सत्यम नेपालीले बताउनुभयो ।
होम डेलिभरी सेवा अन्तर्गत ९८१९७२९७१५ नम्बरमा फोन वा म्यासेज गरेमा विरामीको घरमा औषधि उपलब्ध गराउने सञ्चालक नेपालीले बताउनुभयो । चिकित्सकले सिफारिस गरेको प्रेस्किप्सनको आधारमा र विरामीलाई आवश्यक परेको औषधि उपलब्ध गराउने मेडिकल हलले जनाएको छ । यस्तै जेष्ठ नागरिकको प्रेसर चेकजाँज पनि घरमै गरिदिने नेपालीले बताउनुभयो ।
होम डेलिभरी सेवामा औषधिको लागत मूल्य मात्र लिने र कुनै सेवा शुल्क नलिने नेपालीले जानकारि दिनुभयो ।