हिसान क्रिकेटमा अरनिको कलेज फाइनलमा, कोशी सेमिफाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटको पहिलो सेमिफाइनल विजयी हुँदै अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ ।

विराटनगर–१९ मा रहेको वैजनाथ क्रिकेट मैदनामा आज भएको खेलमा अरनिको कलेजले ग्रिनल्याण्ड कलेजलाई ३१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै अर्को अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै कोशी क्याम्पस सेमिफाइनलमा प्रवेश छ ।

टस हारेर पहिले ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ४६ रनको विशाल स्कोर खडा गरेको थियो । जसमा निखिल यादव, विविक किक्रम केसी, सानु मण्डलले १८–१८ रन बनाउँदा अजितकुमार अटलले १३ रन, योगेश कहरले १२ रन तथा प्रतिक यादव र अभिषेक बरालले १०–१० रनको योगदान दिएका थिए । ग्रिनल्याण्डका अनिल यादवले २ लिँदा जिवेश यादवले १ विकेट लिए ।

जवाफमा १ सय ४७ रनको विशाल चुनौती पछ्याएको ग्रिनल्याण्डले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १५ रन मात्र जोड्न सक्यो । जसमा दिपक विकले अविजित ३३ रन बनाउँदा आषिश मण्डलले अविजित १७ रन र जितेन्द्र कामतले १५ रनको योगदान दिए । अरनिकोका म्यान अफ द म्याच अविशेक बराल र निखिल यादवले २–२ विकेट लिँदा चन्दनल यादव र अ‍ैकित मण्डलले १–१ विकेट लिए ।

यसअघि भएको अन्तिम क्वाटरफाइनल खेलमा कोशी क्याम्पसले सगरमाथा कलेजलाई ३१ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस हारेरे पहिले ब्याटिङ गरेको कोशीले निर्धारित १५ ओभरको खेलमा ३ विकेट गुमाई १ सय ५ रनको स्कोर खडा गरेको थियो ।

जसमा सञ्जय साहले २६ रन जोड्दा रञ्जन कामतले २४ दर तथा विकास दासले १४ रनको योगदान दिए । सगरमाथाका केदार कामतले २ विकेट र गणेश राजले १ विकेट लिए । जवाफमा १ सय ६ रनकोे लक्ष्य पछ्याएको सगरमाथाले पुरै ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ७४ रनमा सीमित भयो । जसमा चन्द्रशेखर यादव र गणेश राजले १५–१५ रन जोडे । कोशीका विकास दासले ह्याट्रिकसहित ४ विकेट दिए । उनी खेलकोे म्यान अफ द म्याच घोषित भए । अन्तिम सेमिफाइनलको बिहीबार हुने खेलमा शिक्षादीप कलेज र कोशी क्याम्पसबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार, २८ पुष, २०७८, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर