काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने कुरामा आफू सकारात्मक रहेको बताएका छन् ।
तर, त्यसका लागि तीन वटा काम माओवादी केन्द्रले गर्नुपर्नेमा जोड दिए । माओवादीको आठौं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै गजुरेलले यस्तो बताएका हुन् ।
उनले माओवादी धाराहरु एक हुनका लागि जनयुद्ध सुरू हुनुभन्दा पहिला बसेको हाम्रो केन्द्रीय कमिटीले गरेको प्रतिवद्धतालाई फेरि दोहोर्याउनु पर्ने, नेपाललाई जनगणतन्त्र बनाउने जनयुद्धको लक्ष्य पूरा गर्ने दिशामा जानुपर्ने र राष्ट्रिय स्वाधिनताका पक्षमा लाग्नुपर्ने निर्णय महाधिवेशनबाटै गर्नुपर्नेमा उनले जोड दिए ।
माओवादी सशस्त्र युद्धका बेला गजुरेल माओवादीमै थिए। पछि माओवादी विभाजन भएपछि गजुरेल मोहन वैद्यसँगै गएका थिए।