कोशी अस्पताल पाँच सय शैय्याको स्वीकृत हुन्छ : मन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बुधबार विराटनगरस्थित कोशी अस्पतालको निरीक्षण गरेका छन् । उनले कोशी अस्पतालको निरीक्षण गरेपछि काठमाण्डौं मन्त्रालय पुगेपछि तत्काल कोशी अस्पतालको पाँच शैय्या अस्पतालको स्वीकृत गरिदिने बताए ।

‘कोशी अस्पताल यसअघि पनि आएको थिए । यहाँ राणाकालदेखि संरचनाहरू रहेको थियो,’ उनले भने, ‘अहिले क्रमशः नयाँ संरचनाहरू बन्दै गएको रहेछ ।’ नयाँ संरचना निर्माण भएपछि उपचारमा थप सहजता प्रदान हुने उनले बताए । ‘संरचानाहरू बन्दै गएको छ । यो सँगै दक्ष जनशक्तिको पनि आवश्यक पर्दछ,’ उनले भने, ‘त्यसको व्यवस्थापन हुनेछ ।’

कोसी अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा.चुमनलाल दासका अनुसार स्वास्थ्य बीमा वापतको रकम तीन महिनायता आएको छैन । मन्त्री खतिवडासँग समेत त्यहि विषयमा ध्यानाकर्षण गराइएको जानकारी गराए । यसैगरी अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव रहेको भन्दै तत्काल सम्बोधन गरिदिन माग गरिएको छ । अस्पतालले पठाएको ओएनएम सर्भेका आधारमा जनशक्ति व्यवस्थापन मिलाउन मन्त्रीसँग आग्रह गरिएको छ ।

अस्पताल प्रशासनको गुनासोपछि मन्त्री खतिवडाले बीमा भुक्तानी र दरबन्दी अनुसारको कर्मचारीको समस्या देशभरैकै रहेकोले त्यसको सम्बोधन गरिने प्रतिवद्धता जाहेर गरेका थिए । उनले कोसी अस्पतालको पूर्वाधार निर्माणको कामलाई तिव्रता दिनका निर्देशन समेत दिए ।

संघीय सरकार मातहतमा रहेको विराटनगरस्थित कोशी अस्पताल मास्टर प्लान बनाएर नयाँ संरचना धमाधम निर्माण भइरहेको छ । अहिले अस्पताल परिसरभित्र छुटा–छुट्टै तीन स्थानमा नयाँ भवन निर्माणको काम भइरहेको छ ।

अस्पतालमा लिफ्टसहितको मेडिकल भवनको निर्माण कार्य भइरहेको छ । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रूपैयाँ लागतमा नयाँ लिफटसहितको मेडिकल भवन नयाँ बन्न लागेको हो । यो भवनको निर्माण कार्य करिब ८० प्रशित पूरा भएको छ । यस्तै सर्जरी विभागको पनि नयाँ भवन धमाधम निर्माण भइरहेको छ । ३ करोड १ लाख ७ हजार १ सय ६४ रूपैयाँ लागतमा सर्जरीको भवन बन्दै गरेको हो । यो भवन अहिलेको कोशि अस्पतालको ओपीडि भवनको तेस्रो तलामा बन्दैछ । अर्को अहिलेको गाइनो वार्ड रहेको स्थानमा पनि नयाँ भवन निर्माणको लागि डिजाइन भइरहेको छ । यसरी निर्माणधिन भवन पुरा भएपछि कोशीमा सुविधा सम्पन्न संरचना तयार हुनेछ ।

सुविधा सम्पन्न भौतिक संरचना हुने भएको कारणले कोशी अस्पताललाई प्रस्ताबित ५ शैय्याको अस्पतालको रुपमा अगाडि बढाएको छ । तर, ५ शैय्याको अस्पतालको लागि स्वीकृतको पखाईमा रहेको छ ।

चैतसम्ममा सम्पूर्ण नागरिकलाई खोप

यसैबीच मन्त्री खतिवडाले आउँदो चैतसम्ममा सम्पूर्ण नागरिकले कोरोना विरुद्धको खोप लगाइसक्ने दाबी गरेका छन् । वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउनु भएको बताए । उनले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए । ‘चैतसम्ममा सम्पूर्ण नागरिक खोप लगाइसक्छन् । खोपको अभाव छैन । अहिले पनि ढेड करोड भन्दा बढी खोप पाइपलाइनमा रहेको छ,’ मन्त्री खतिवडाले भने ।

अहिलेसम्म १८ वर्ष माथिका नगरिकलाई मात्र खोप लगाइएको जानकारी दिँदै मन्त्री खतिवडाले १२ देखि १८ वर्ष उमेर समूहको लागि पनि खोप बनेको जानकारी दिए । त्यसको लागि सरकारले १ करोड खोप ल्याउने तयारी गरेको बताए । ‘१२ देखि १८ वर्ष उमेर समूहको लागि यसअघि १ लाख खोप आइसकेर लगाउन पनि सुरु गरिएको छ । नमूनको रुपमा सातै प्रदेशमा बितरण गरि अहिले खोप लगाउन सुरु भएको छ । अहिले प्राथामिकताको आधारमा खोप लगाउने गरिएको छ,’ उनले भने, ‘दुई वर्षदेखि १२ वर्ष उमेर समूहको लागि पनि खोप बनेको छ । चिन र भारतले बालवालिकाहरुको लागि कोरोना विरुद्धको खोप उत्पादन गरेका छन् । यसले मान्यता पाएलगतै हामी बालवाकिलाहरुको लागि खोप खरिद गरेर ल्याउने तयारी गरिएको छ ।’ स्वीकृत हुने बितिक्कै सम्झौता गरेर २ देखि १२ वर्ष उमेर समूहका बालवालिकाहरुको लागि खोप खरिद गरेर ल्याउने सरकारले तयारीले गरेको मन्त्री खतिवडाको भनाइ छ ।

बुधबार, १० कार्तिक, २०७८, साँझको ०६:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर