विराटनगर । समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत विराटनगर १६ मा आइतबार ‘प्रहरीको साथी म’ अभियान सुरु भएको छ ।
सीमा क्षेत्रमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले अभियानको उद्घाटन गर्नुभएको हो ।
कोरोना भाईरसले विश्वब्यापी महामारीको रूपमा विश्वलाई नै आक्रान्त पारेको बेला प्रहरी र जनतालाई संक्रमणबाट बचाउन यो अभियानको शुरूवात गरिएको एसपी अधिकारीले बताउनुभयो । कठिन परिस्थितिमा राज्यका सम्पूर्ण निकाय साथसाथै नागरिक समुदायसमेत कोरोना भाईरस बिरूद्ध लड्न एकजुट हुनुपर्ने भएकोले त्यसको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले युवासँगको सहकार्य गरेको उहाँको भनाइ छ ।
युवा अभियान्ता पेरिस सुवेदीले मास्क र स्यानिटाईजर निःशुल्क वितरण गर्ने कार्यमा आफू निरन्तर रूपमा लागिरहेको बताउँदै अभियानमा आपूmलाई समेटेकोमा प्रहरीलाई आभार व्यक्त गर्नुभयो । कार्यक्रममा सीमामा आवतजावत गर्ने तीन सयभन्दा बढि सर्वसाधारणलाई निःशुल्क स्यानिटाईजर तथा मास्क बितरण गरिएको थियो ।