विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका दर्जनौं युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमबाट उनीहरु माओवादीमा प्रवेश गरेका हुन्
सो क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य कुलप्रसाद साम्बाले युवाहरुलाई टिको लगाएर पार्टी प्रवेश गराए । पार्टी प्रवेश गर्नेहरुमा मिक्लाजुङ वडा नम्बर ७ बाट गणेश श्रेष्ठ, सागर पौडेल, लक्ष्मण ढुंगाना, चन्द्र प्रकाश श्रेष्ठ, अजेश लिम्बू, विवेक श्रेष्ठ, सुसन खड्का, कृष्णकुमार बस्नेत, अनिश कार्की, सुरेश बस्नेत, दिनेश गड्तौला, भरत सुवेदी, युवराज गौतम, मानबहादुर थापा, खेमराज पाण्डे, प्रकाश खड्का, असिस चौहान, रुजनराज खतिवडा, विवेक गजमेर, शिव धमला, रामप्रसाद धमला, जगत खड्का, लिलाबहादुर खड्का, बाबुराम श्रेष्ठ, बासुवेव गिरी र प्रज्वल रिमाल रहेका छन् ।
यस्तै मिक्लाजुङ वडा नम्बर ५ बाट मनोज राई, गणेश राई, सरोज राई, सन्दीप दर्जी, डम्बर दर्जी र सुमन दर्जी रहेका छन् । उनीहरु यसअघि एमाले तथा कांग्रेसका सक्रिय कार्यकर्ता थिए ।