ग्रामथान । हालै सम्पन्न कांग्रेस क्षेत्रीय प्रतिनिधि निर्वाचनमा नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि विजयकुमार माझीले मोरङ निर्वाचन क्षेत्र नं. ४ मा सभापतिको दाबेदारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेस ग्रामथान वडा नं. ३ मा किशोरकुमार माझी थारु सभापतिसहित बुथ समिति तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मतले चयन भई निर्वाचित भएका छन् । उप–सभापतिमा आशा कुमारी मण्डल, अशोक कुमार गच्छदार, सचिवमा रामनारायण खाँ, सम्पत लाल चौधरी, उपसचिव चन्द्रावतीकुमारी चौधरी, सुस्मिता कुमारी चौधरी, प्रत्यक्ष सदस्यतर्फ सत्रुधन माझी थारु, राजेश कुमार चौधरी, पवनलाल माझी, नवनारायण माझी थारु, अनन्त राम माझी, सविना कुमारी भगत, चिठा कुमारी माझी, भवानीदेवी सरदार, नेपाल देवी थरुनी निर्वाचित भएका छन् ।
यसैगरी समानुपातिक सदस्यतर्फ तिलक राम राजवंशी, मधेशी सदस्यतर्फ बेचनलाल पैदार दलित सदस्य रामस्वरुप शर्मा, मुस्लिम सदस्यतर्फ मो.अब्दुल सलामलगायत सदस्यहरू निर्वाचित भएका हुन् ।
मोरङ निर्वाचन क्षेत्र नं. ४ (क) मा क्षेत्रीय प्रतिनिधिहरू विजयकुमार माझी, भुपनारायण चौधरी, ओम नारायण खाँ, सुरेशकुमार चौधरी, प्रल्हाद खाँ थारु, प्रवेशकुमार विश्वास, बाबुराम माझी, प्रदीपकुमार भगत थारु, चन्द्रकला देवी मण्डल, सङ्गीता कुमारी माझीलगायत १५ सदस्य क्षेत्रीय प्रतिनिधि सर्वसमत चयन भएको नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि विजय कुमार माझीले जानकारी दिए ।