मोरङमा काँग्रेस निर्वाचन (फोटो)

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा आज वडाको निर्वाचन चलिरहेको छ ।

मोरङमा नेपाली कांग्रेसका १४ हजार ५०० जना नयाँसहित ३० हजार ७ सय क्रियाशिल सदस्यले आज वडा सभापति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रियाका लागि मतदान गरिरहेका छन् । ति सदस्यहरुबाट निर्वाचित जिल्लाका झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् । मोरङमा १३७ वडा रहेको छ । काँग्रेसले प्रदेशको अधिवेशन कात्तिक १० देखि १२ सम्म गर्ने तय गरेको छ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने जनाएको छ ।

बुधबार, ०६ असोज, २०७८, दिउँसोको ०१:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर