राप्रपा मोरङ अध्यक्ष आचार्यद्वारा सपथ ग्रहण

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष माधवप्रसाद आचार्यलगायत सदस्यहरुलाई सपथ ग्रहण गराइएको छ ।

राप्रपा मोरङको आजको भेलाले गत दौ २८ गते सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष आचार्यसहित ४१ सदस्यीय कार्यसमिति सदस्यलाई सपथ ग्रहण गराइएको राप्रपाका केन्द्रीय तराई मधेश प्रमुख दिनेश शाहले बताए ।

निर्वाचनमा अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गरेका थिए । राप्रपा जिल्लाको प्रथम बैठकले भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ, दलित संगठनको संयोजकमा बमबहादुर विश्वकर्मा, विद्यार्थी संगठनको संयोजकमा चेतन खड्का, किराँत सेवा संगठनको संयोजकमा केदार सुनुवार, मजदुर संगठनको संयोजकमा धनबहादुर बस्नेत, कानूनी परामर्श संयोजकमा वरिष्ठ अधिवक्त्ता उद्धवचन्द्र घिमिरे, मुस्लिम सगठनको संयोजकमा मोहम्मद नवि अन्सारीलाई चयन गरेको छ । यसैगरी बैठकले महानगर पूर्व प्रहरी संयोजकमा राजकुमार श्रेष्ठ, विद्यार्थी संगठनको संयोजकमा रोजी फातमा रहेका छन् ।

सपथ ग्रहणमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु प्रल्हादप्रसाद शाह,दिनेश शाह, विश्वमोहन थापा, केन्द्रीय सदस्यहरू अम्विकाप्रसाद अधिकारी, छुमरु सरदार थारु, उर्मिला अधिकारी, हिरालाल सेन्चुरी लगायतको सहभागिता रहेको थियो ।

सोमबार, ०४ असोज, २०७८, साँझको ०७:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर