विराटनगर । नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका– ५ को सभापतिमा चार जनाले दाबेदारी प्रस्तुत गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तरगत मोरङमा वडा अधिवेशन बुधबार हुँदैछ । वडा सभापतिमा प्रभाकरमानसिंह कार्की (गैंडे), रोम भट्टराई, काजीबाबु पोखरेल र सुरेश श्रेष्ठले दाबेदारी प्रस्तुत गरेका हुन् ।
४ सय ७६ जना क्रियाशिल सदस्य रहेको वडा नम्बर ५ का चार जना दाबेदारले आफूले जित्ने दाबी गर्दै चुनावी प्रचारमा होमिएका छन् । रोम भट्टराईले आफूले सभापतिमा जित्ने दाबी गरे ।
उम्मेद्वारीको घोषणा गरेका कार्की पनि बलिया उम्मेद्वार हुन् । उनी नेविसंघ नगर सदस्य हुँदै जिल्ला सदस्य र जिल्ला उपसभापति भैसकेका भइसकेका छन् । आफूलाई सबै पक्षको साथ रहेको उनले बताए ।