एमसीसीविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना नेपालको हितमा नभएकोले त्यसलाई अगाडि नबढाउन दबाब दिँदै शनिबार अखिल क्रान्तिकारीले विराटनगरमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी चाहिदैन देश बेच्न पाइदैन जस्ता नाराबाजी लगाउँदै विद्यार्थीहरुको जुलुसले नगरपरिक्रमा गरेको थियो । एमसीसी संशोधन नगरी पारित गर्न नहुने भन्दै विद्यार्थीहरुले संसदमा पेश भएको एमसीसी सम्बन्धी प्रस्ताव खारेज गरिनु पर्नेमा जोड दिएक । उनीहरुले विकासको नाममा राष्ट्रघात गर्न नहुने भन्दै त्यसमा सबै सचेत रहनु पर्ने बताए ।

विद्यार्थीहरुले एमसीसी खारेज नभएसम्म निरन्तर आन्दोलन जारी राख्ने पनि बताएका छन् । अखिल क्रान्तिकारीका नेता नेता रोहित यादवले सरकारले एमसीसी बढाउन खोजे विद्यार्थीहरुले आन्दोलन चर्काउने बताएका छन् । उनले नेपालमा प्रशारण लाइन बिस्तार गर्नुपर्ने जरुरी भएपनि मुलुकको सार्वभौमिकता बन्दकी राखेर एमसीसी कार्यान्वयन गर्नुभन्दा अमेरिका नै फर्काइदिनु उचित भएको बताए ।

विद्यार्थी नेताहरुले एमसीसीको नाममा नेपालमा साम्राज्यवादलाई प्रवेश दिन नहुने र स्वतन्त्र मुलुकलाई नयाँ ढंगको उपनिवेश बनाउने प्रयत्न विरुद्ध सजग रहनुपर्ने पनि बताए ।

फायल तस्बिर : हाम्रोमत

शनिबार, ०२ असोज, २०७८, रातीको ०९:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर