अखिल क्रान्तिकारीले असोज ४ गते मोरङ जिल्ला सम्मेलन गर्ने

विराटनगर । अनेरास्ववियु क्रान्तिकारीले असोज ४ गते मोरङ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । अखिल क्रान्तिकारीको शुक्रबार सम्पन्न जिल्ला कार्यालयको बैठकले १५ औं जिल्ला सम्मेलन भब्यताका साथ विराटनगरमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको अन्तिम तयारी भइरहेको बेला मोरङ जिल्ला सम्मेलन गरी नयाँ नेतृत्व चयन गर्न लागेको हो । जिल्ला सम्मेलनमा मोरङका १७ वटै पालिका स्तरीय कमिटी, सबै क्याम्पस इकाईहरुबाट प्रतिनिधि पर्यवेक्षक उपस्थित हुने क्रान्तिकारीले जनाएको छ ।

बैठकमा अखिल क्रान्तिकारीका केन्द्रीय नेता सुमन कालिकोटो लगायत अगुवा विद्यार्थी नेताहरुको उपस्थिति रहेको जिल्ला कार्यालय सदस्य अभिमन्यु यादवले जानकारी दिए ।

शुक्रबार, ०१ असोज, २०७८, रातीको ०८:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर