विराटनगर । नेकपा माओवादी केन्द्र निकट पेसाकर्मी, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र बुद्धिजीवीहरुको अगुवा भेला विराटनगरमा सम्पन्न भएको छ।
नेकपा माओवादी केन्द्र मोरङ इन्चार्ज गोपि अछामी र मोरङ अध्यक्ष गणेश उप्रेती सुशीलको उपस्थितिमा भएको भेलाले सबै पेशागत संगठनको भेला तथा पुनःगठन कार्य तत्काल सम्पन्न गर्ने निर्णय गरेको छ।
लगत्तै बसेको नेराक महासंघ मोरङको बैठकले आगामी असोज ८ गतेभित्र मोरङ जिल्लामा सबै घटक संगठनको भेला सम्पन्न गरि पुनःर्गठन कार्य सम्पन्न गर्ने र सदस्यता विस्तार र नवीकरण गर्दै जिल्ला सम्मेलनको तयारी गर्ने निर्णय गरिएको नेराकस निजामती प्रदेश १ सह–सचिव रेवती ढुङ्गानाले बताए ।
तत्कालै नेराकस निजामती प्रदेश १ को बैठक बसी सबै जिल्लामा संगठन विस्तार अभियान आक्रामक रुपमा संचालन गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष रुद्र सुवेदीले बताए ।