काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभा संसद बैठक अवरुद्ध गरेको छ । संसद अवरुद्ध भएसँगै दुई दिनका लागि बैठक स्थगित भएको छ ।
नेकपा एमालेका सांसदले आज बसेको बैठकमा नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
एमाले सांसदहरुले संसदमा संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएका थिए । सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गरेका छन् ।
आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोगी भएको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरेको हो ।