मोरङमा एमालेबाट निर्वाचित ८ जनप्रतिनिधिले रोजे नेकपा (एस)

विराटनगर । मोरङमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित ८ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

एमाले विभाजित भएपछि जनप्रतिनिधिलाई बुधबारसम्म दल रोज्न समय दिइएको थियो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार ४ जना वडा सदस्य र ४ जना वडा अध्यक्षले एकीकृत समाजवादी दल रोजेका छन् ।

बुढीगंगा गाउँपालिका –४ का अध्यक्ष कासिम मिया, बुढीगंगा–५ का अध्यक्ष रमेशकुमार खनाल, उर्लाबारी नगरपालिका– १ का अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई नगरपालिका– १० का अध्यक्ष टंक ढकालले एकीकृत समाजवादी रोजेका हुन् । नेकपा एमाले मोरङका प्रवक्ता ओसिम आलमका अुसार मोरङबाट ४ जना वडा सदस्यहरुले नयाँ दल रोजेका छन् । निर्वाचन कार्यालयका अनुसार १० जना प्रदेश सांसदले पनि विराटनगरबाटै नयाँ पार्टी रोजेका छन् ।

सुवेदी र राई एमालेमै

नेकपा एमालेमा रहदा माधवकुमार नेपालको पक्षमा रहेका मोरङका दुई नगरपालिकाका मेयर एमालेमै बसेका छन् ।

पार्टी विभाजनपछि पनि नयाँ पार्टीमा खुलेका पथरी नगरपालिकाका मेयर दिलिप राई र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी एमालेमै बसेका हुन् । माधव समूहमै रहेकी केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बु भुजेल पनि एमालेमै बसेकी छन् । बुधबारसम्म उनीहरु एकीकृत समाजवादी दल रोज्न निर्वाचन कार्यालय नपुगेका एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।

मङ्गलबार, २२ भदौ, २०७८, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर