एमाले अध्यक्ष ओलीको गृह जिल्लाका ७ जनाले रोजे समाजवादी

विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा जिल्ला समन्वय समिति सदस्यसहित छ जना जनप्रतिनिधिले एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।

जिल्ला समन्वय समिति झापाका सदस्य पदम लिम्बु, शिव सताक्षी गाउँपालिका ७ का वडाध्यक्ष नविन इजम, मेची नगर कार्यपालिका सदस्य लक्ष्मी पाख्रिन, अर्जुनधारा नगरपालिका ८ का वडा सदस्य अर्जुन मेचे, अर्जुनधारा ३ का होम दुलाल,भद्रपुर नगरपालिका ९ का वडासदस्य कुन्जा रुचाल र झापा गाउँपालिका वडा सदस्य इश्वरी दाहालले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । झापामा नेकपा एमाले विभाजनको न्यून मात्र प्रभाव देखिएका

 

मङ्गलबार, २२ भदौ, २०७८, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर