विराटनगर । नेकपा एकीकृत समाजवादी दलको प्रदेश १ इन्चार्जको जिम्मेवारी घनेन्द्र बस्नेतले पाएका छन् ।
एमालेका पुराना नेता बस्नेत नेकपा कालमा पार्टीका मोरङ इन्चार्ज थिए । समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन अपानीका अनुसार प्रदेश २ इन्चार्जमा धर्मनाथ साह, वागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रैष्ठ, लुम्बिनीमा भागवत विश्वासी, कर्णालीमा प्रकाश ज्वाला, उपत्यका विशेषमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेषमा विजय गुरुङ, मोर्चा इन्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद साहले जिम्मेवारी पाएका छन् ।
अपानीमा एमाले अध्यक्ष केपी ओलीले फैलाएको भ्रम चिर्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिइएको छ ।