संखुवासभामा एमाले अध्यक्ष हेमराज घिमिरेसहित बहुमत सदस्यले समाजवादी रोजे

विराटनगर । संखुवासभामा ५८ जनाको जिल्ला समितिमध्ये अध्यक्ष हेमराज घिमिरेसहित ३५ जनाले एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् । यस्तै २६ जना सचिवालय सदस्यमध्ये १५ जनाले समाजवादी रोजेका छन् ।

सदरमुकाम खाँदबारीमा आज बसेको बैठकबाट उनीहरुले एकीकृत समाजवादीमा लागेको घोषण गरेका छन् । तीन दिनसम्म बैठकले आगामी रणनीति तयार गर्ने नेता हेमराज घिमिरेले बताए।

समाजवादी रोज्ने सचिवालय सदस्यहरुमा ऋषिकेशव चापागाईं, कृष्ण कुमार तामाङ, मानसिं पोख्रेल, बद्री सापकोटा, सुमन शाक्य, केशर बहादुर महत, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बर बहादुर श्रेष्ठ, केशकुमारी खत्री कार्की, डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदम कुमारी गुरुङ रहेका छन् ।

त्यसैगरी एमाले संखुवासभाका पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजवादीमा लागेका छन्। प्रदेशसभा सदस्य सरिता थापा खड्का, पदमकुमारी गुरुङ समाजवादी पार्टीमा सनाखत गराइसकेका छन् । जिल्ला कमिटीका उपाध्यक्ष वाङ्दावी भोटे, सचिव खड्ग राईसहित २३ जिल्ला भने एमालेमै छन् ।

शनिबार, १९ भदौ, २०७८, साँझको ०७:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर