कानेपोखरी । नेकपा (माओवादी केन्द्र) कानेपोखरी गाउँपालिका अन्तर्गतको संगठन पुनर्गठन तथा वडा भेलाहरु तीब्र रूपमा सञ्चालन भइरहेको छ । नेकपा औपचारिक रूपमा विभाजन भएसँगै दुवै पार्टी माओवादी केन्द्र र एमालेले आ–आफ्नो संगठनलाई बलियो बनाउन थालेका हुन् ।
नेकपा माओवादी केन्द्र कानेपोखरीले हालसम्म ३ वटा वडाहरू ४, ५, र ६ को कमिटी भेला र गठन सम्पन्न भइसकेको जनाएको छ । वडा नं. ४ मा अध्यक्ष भगतराम धिमाल सचिव भुपेन्द्र सुब्बाकोको नेतृत्वमा २९ सदस्यीय कमिटी बनेको छ । वडा नं. ५ मा अध्यक्ष भक्तबहादुर गुरुङ (कुमार) सचिव बालकृष्ण संग्रौलाको नेतृत्वमा २९ सदस्यीय र वडा नं. ६ मा अध्यक्ष गुणराज फुयाल, सचिव रोषन थुलुङ राईको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी पुनर्गठन भएको हो ।
भेला तथा पुनर्गठनमा पार्टीका प्रदेश कमिटी सदस्य संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर(सविन), प्रदेश सदस्य गीता तिम्सिना, पार्टी जिल्ला सचिवालय सदस्य तथा कानेपोखरी इन्चार्ज राजेन्द्रकुमार मण्डल (अभिनास), अनेम संघ क्रान्तिकारी मोरङ अध्यक्ष लता न्यौपाने, जिल्ला सदस्य एवम् कानेपोखरी पार्टी संयोजक मनोजकुमार राजवंशीलगायतको उपस्थिति थियो ।