रेग्मी नेतृत्वको झापा एमाले समाजवादीमा

विर्तामोड । बेदराज रेग्मी नेतृत्वमा गठन भएको नेकपा एमाले झापाको समानन्तर कमिटि माधबकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।

शनिबार विर्तामोडमा बसेको समानन्तर एमाले जिल्ला कमिटिको बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो ।

केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेको र उनको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने ठहर गर्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको अध्यक्ष रेग्मीले बताए । बैठकले कम्युनिष्ट आन्दोलनलाई बचाउन ओली नेतृत्वको एमालेबाट विद्रोह गर्न पनि सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।

बैठकमा नवगठित पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश खरेलले सम्बोधन गरेका थिए । उनले अहिलेको विद्रोह बाध्यात्मक र अनिवार्य आवश्यकता भएको बताए ।

बैठकमा नेताहरु लोकबन्धु कन्दङ्वा, रोमणी भट्टराईलगायतको सहभागिता थियो । गत वैशाख ३ गते रेग्मीको नेतृत्वमा एमाले समानन्तर कमिटि गठन भएको थियो ।

शनिबार, ०५ भदौ, २०७८, साँझको ०६:२६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर