विराटनगर । माधवकुमार नेपालको नेतृत्वमा केन्द्रमा नयाँ पार्टी नेकपा एमाले (समाजवादी) बनेकै दिन विराटनगर–३ मा कमिटी निर्माण भएको छ ।
नेकपा एमाले (समाजवादी) पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीको प्रमुख आथित्यमा भएको वडा भेलाले भवानी धमला अध्यक्ष रहेको कमिटी निर्माण भएको हो ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रेग्मीले पार्टी पुनःनिर्माणको क्रममा रहेको हुँदा इमान्दार कार्यकर्ता कसैलाई काखा र कसैलाई पाखा नगरिने बताए । उनले कार्यकर्ताहरुलाई सम्मानका साथ अबको समाजवादी बाटोमा एक ढिक्का भएर लाग्न आग्रह पनि गरे ।
महानगर कमिटिका अध्यक्ष पारुल क्षेत्रीले कमिटीका पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए ।