काठमाडौं । निर्वाचन आयोगको निर्णय र सर्वोच्चले अन्तरिम आदेश दिन नमानेपछि दलविहीन बनेका जसपाका तत्कालिन अध्यक्ष महन्थ ठाकुरले जसपा लोकतान्त्रिक दल दर्ता गर्ने तयारी गरेका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै उत्साहित भएको ठाकुर पक्षले नयाँ दल दर्ता गर्ने भएको हो ।
ठाकुरले जसपामा आफूतिर रहेका नेता तथा सांसदलाई समेटेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउने तयारी गरेको बताइएका छ । पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ठाकुर निकट एक नेताले बताए ।
यता ठाकुर पक्षमा रहेका राजेन्द्र महतोले दुई अध्यक्ष हुनुपर्ने आवाज उठाएका छन् । महन्थ ठाकुर पक्षमा राजेन्द्र महतो भने कमजोर छन् । महतो निकटका अधिकांश नेताहरु उपेन्द्र यादवको पक्षमा लागेका छन् ।