काठमाडौं । पछिल्लो राजनीतिक अवस्था र पार्टीको संगठनबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदन पेश गर्नेछन् । बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । बैठकअघि सबै सदस्यहरुको एन्टिजेन परीक्षण गरिएको थियो ।