ज्ञानमणी भुर्तेल
‘सुर्जे ! मेरो त पेट कटक्क काट्यो । बालुवाटारको मासु नपचेजस्तो छ । अस्पताल जाउँ होला ।’ पेट निचोर्दै उखान अंकलले थापा तिर हेर्नुभो ।’ अंकल पेट समाउँदै अप्ठ्यारोसँग पछिल्लो सिटमा बस्नु भो ! गाडी वीर अस्पतालतिर दौडियो । नयाँ बानेश्वर पुगेपछि उत्तरतिर फर्केर हेर्नुभो ! घुटुक्क थुक निल्दै कान थापेर केही सुनेझै गरि थापातिर फर्केर सोध्नु भो– के को हल्लखल्ला हो सुर्जे ?
‘संसद बैठक हो, सांसदहरू कराउदैछन्’ थापाले प्रष्ट्याए । अस्पताल हिँड्नु भको अंकल गाडीको ढोका खोलेर फुत्त निस्केर सरासर संसद भवन छिर्नुभो । हुक्के चम्चे पछिपछि दौडिए । ढोकामा पुगेर सुरुवाल नै च्यात्तिने गरि चियाउनु भो, ‘हिजोअस्ती मैले नै मारेको संसद कसरी जीवित भो ? अनि यो बाटै थर्किने गरिको हल्ला के हो ?’
अंकलको पाखुरा समाउँदै थापा फुस्फुसाए भो, ‘तपाईंले मार्न त खोज्या हो नि ! जङ्गेका नातिले परमादेशको बुटी ख्वाएर बिउँताईदिहाले नि । अहिले तपाईंको कुर्सीमा जङ्गेको ज्वाईं बस्या छ ।’ सुर्जेले देउवातिर औलो तेस्र्याए ।
उखान अंकलको पारो तात्यो । ‘ओई हग्नी ! म बोल्छु, मलाई बोल्ने समय दे’ सभामुखतिर चोर औलो ठड्याउनु भो । हरे शिव ! प्रधानमन्त्री भैसकेको मान्छेको बोली कति टर्राे ? सबै सांसद छक्क परे, सबैले मुखामुख गरे ।
‘फेरि आईपुगेछ, यो दुर्बासाको अवतार ! अब उखानको सुनामी नै ल्याउने भो’ सभामुखले मनमनै सोच्दै समय दिनुभो । उखान अंकल पो कसैलाई बोल्न नदिने त, सभामुखले समय दिएपछि सुरुमै देउवालाई उखान मार्नु भो । ‘तपाईंको घर जाने बाटो मेरै पुलमाथीबाट छ । कसरी जानुहुन्छ ? बच्चामा हामीले, ‘मेरो घर अगाडि आईज न, ढुङ्गाले हान्छु’ भनेझैं उहाँको आक्रोशमिश्रित उखान धारा प्रबाह रूपमा पोखिदैगयो । आपूmले गरेका विकाश निर्माणको बखान गर्दै समृद्धि उखान फलाक्न थाल्नुभो ।
तुईन विस्थापनका कथा सुनाउनु भो । भान्सामा ग्यास पाईपलाईनको स्मरण गर्नुभो । काठमाडौ–पोखरा रेलयात्रा बर्णन गर्नुभो । जनकपुरको त पहिले नै छँदैथियो । जनतालाई सुतिसुति खाने ब्यवस्था अनुसार ओछ्यानमै भात पु¥याएको तथ्य ओकल्नु भो । धरहरा निर्माणको कथा सुनाउँदै रानीपोखरी उत्खनन गर्नु भो । भ्यु टावर, एफिल टावर सबै सम्झाउँदै आफूले निर्माण गरेको समृद्ध नेपालको नक्सा देखाउँदै देउवालाई प्रश्न गर्नु भो, ‘कालापानी खै ? अनि छेउको बोतलको पानी पिउनु भो ।’
आफू प्रधानमन्त्री हुन नजन्मेको र सत्ताको लोभी नभएको बताउँदै महतोलाई उपप्रधानमन्त्री बनाएर नागरिकता बिधेयक ल्याउनुको उद्देश्य प्रस्ट्याउँनै लाग्दा उहाँको बोली अड्क्यो । पहिलेदेखि नै सुन्निएको जिब्रोलाई आराम दिनुपर्नेमा प्यारप्यार बोल्दैगर्दा जिब्रो अझैसम्म सुन्निएर मुख टालिँदै गएपनि उहाँको बोल्ने ईच्छाशक्तिलाई रोक्न सकेनन् । बोत्तलको पानी रित्याएर निरन्तर बोल्दै रहनुभो ।
प्रधानमन्त्रीलाई जाली मुद्दाद्वारा झ्यालबाट छिरेको भन्दै आफू फेरि असाधारण जनमतबाट ढोकै भएर पस्ने बताउँदै अहिले पनि मुलढोकाबाटै पसेको दम्भ पस्किनु भो । आफुले कोस्टारिकाबाट डाक्टर डिग्री पाएकोमा गर्व गर्दै घाईतेको गोली निकाल्दिने उद्घोषसमेत गर्न भ्याईदिनु भो । आफूले हप्ता दिनमै दर्जनौं मन्त्री बनाएको जिकिर गर्दै महिना दिनसम्म चार मन्त्रीबाट काम चलाउने निकम्मा देउवालाई सेमसेम पप्पी सेम गर्दिनु भो । आफूले देश र जनताका लागि अहोरात्र खट्दा जिब्रोलगायत शरीरका अरु अङ्गसमेत कुहिसकेको उल्लेख गर्दै सुन्निएको जिब्रो देखाउनु भो । दुई पटक किड्नी फेरेरै भएपनि देश र जनताका लागि बाँच्नु परेको त्याग वर्णन गर्नु भो । भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्दै खै के के बोल्न खोज्दै हुनुहुन्थ्यो, ‘ड्याम्म…बाँस (कोटा) पड्के जस्तो आवाजका साथ उहाँ लड्नु भो । सुर्जेलगायत सबै रोस्टमतिर दौडिए । अंकललाई बिस्तारै उठाईयो । सुरुवालको पछिल्लो भागमा केही पोको देखियो । गाडीमा हालियो । वीर अस्पतालको आपतकालीन कक्षमा पु¥याईयो । डाक्टर आएर हेरे, गम्भीर भए । थापातिर फर्केर सोधे, ‘कतै भाषण गर्नुभको थियो ?’
थापाले हो भन्दै टाउको हल्लाए । घटनाको बेलिबिस्तार लाएपछि डाक्टर जङ्गिए, ‘जिब्रोलाई आराम दिनु भन्या हैन ? आफू चै ४० महिनासम्म जिब्रो मात्रै चलाएर बस्ने अनि अरुलाई चै महिना दिन नपुग्दै खातापाता खोतल्दै ब्यालेन्ससिट देखाउन उर्दी जारी गर्दै अडिट गर्न तम्सिने ? जिब्रो सुन्निएर मुखले बोल्न नसक्दासमेत चाकै पड्किने गरि तलबाट चिच्याउने ?’ यो के हो ? सुरुवालको पोको देखाउदै डाक्टरले सोधे, ‘मुख बन्द भएर तलबाट निस्केको विकार हो । आफैंले प्रस्ट्याए । मैले पैले नै भन्या हो । हामी सक्दैनौ । लानुस् पाटन । यहाँ उपाय छैन ।’
सबै चुपचाप । उखान अंकल त बोल्ने हालतमा हुनुहुन्थेन । नजिकै बेन्चमा बसेकी राधिका आन्टी बिरिक्तिदै बर्बराउनु भो, ‘कस्टो मुखाले काठा परेछ ? खुबै बाठो भनेर पहिले लब गरेर ल्यायो । सुख पाउँछ भनेर बिहे पनि गरेर पठायो । अहिले बुरेसकालमा टेन्सन मात्रै दिएर ल्याउँछ । सुर्जेतिर फर्केर झर्किनु भो । पाटन हिँडेको गाडी रत्नपार्कको जाममा अड्केको छ । हेरौं, पाटन पुग्छ कि बालकोट ? ठेगान छैन ।
(सामाजिक सञ्जालबाट साभार)