माओवादीले साउन २८ सम्म महानगरका वार्ड कमिटी पुनर्गठन गरिसक्ने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साउन २८ गतेसम्म विराटगनर महानगरका सबै वडा कमिटीहरु पुनर्गठन गर्ने गरी तयारी गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपाको एकता कायम नरहने फैसला गर्दै नेकपा माओवादी केन्द्र नै पुनसर््थापना गरिदिएपछि प्रदेश, जिल्ला र स्थानीय तहसम्मको पार्टी कमिटी गठन गरिसकेको थियो ।

कतिपय पालिकाहरुले वार्डसम्मकै पार्टी कमिर्टी पुनर्गठन गरी नियमितरुपमा पार्टी सञ्चालन गरिरहेको भएपनि विराटनगर महानगर कमिटीले भने ११ वटा वार्डको मात्र कमिर्टी पुनर्गठन गरेको थियो । पार्टी पुनर्गठन अभियान जारी रहेकै बेला कोरोना भाइरसको दोश्रो भेरियन्टका कारण निषेधाज्ञा लागेपछि पार्टी काम स्थगित भएको महानगर कमिटीका सचिव हेम कार्कीले जानकारी दिए । अब तीन दिन भित्र महानगरमा बाँकी रहेका वडाहरुको कमिटीलाई पुनर्गठन गरिसक्ने गरी तयारी बढेको सचिव कार्कीले बताए ।

पार्टी केन्द्रले साउन ३० गतेसम्म सबै वडातहका कमिटीहरु पुनर्गठन गरिसक्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुरुप साउन २८ गतेसम्म सबै वडामा पार्टी कमिटी पुनर्गठन हुने र त्यसपछि नियमित रुपमा पार्टीको बैठक बसि टोल कमिटीहरु गठनको प्रकृयालाई तीब्रता दिइने सचिव कार्कीले जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको अध्यक्षको विषय भने टुंग्याएको छैन । एकतापूर्वको कमिटीलाई सक्रिय बनाउने कि नयाँ अध्यक्ष बनाएर जिम्मेवारी दिने भन्ने विषयमा पार्टीले निर्णय नगरेका कारण महानगर कमिटीको नियमित गतिविधिमा भने प्रभाव परेको छ ।

सोमबार, २५ साउन, २०७८, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर