अध्यक्ष ओलीले बैठकमै थर्काए माधव पक्षलाई, माधव पक्षद्वारा आक्रोशित हुँदै बैठक बहिष्कार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा सहभागी भएका माधव पक्षलाई अपमानित गरेका छन् ।

ओलीले बोलाएको स्थायी समितिको बैठकमा सहभागी भएका माधव पक्षका नेताहरुले बैठक रोकेर सहमति गर्न आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेका थिए । त्यसपछि माधव पक्षका नेताहरू उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाललगायतका नेताहरू बैठक छोडेर हिंडेका छन् ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा स्थायी समितिको बैठक अहिले बसिरहेको छ । बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए ।

‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर हामीले हाम्रो कुरा राख्यौ’, रावलले भने । तर उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्रै कुरा राख्न निर्देशन दिएका थिए । त्यसपछि बैठक भाँडिएको नेपाल पक्षको भनाइ छ ।

शुक्रबार, ०१ साउन, २०७८, दिउँसोको ०१:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर