काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।
आज अदालतमा आफैं उपस्थित भएका गच्छदारसँग विशेष अदालतले १० लाख रुपैयाँ बराबरको नगद धरौटी वा सो बराबरको बैंक ग्यारेन्टी माग गरेको थियो ।
२०५९ को दफा ७ (घ) बमोजिम हाललाई गच्छदारसँग सो धरौटी माग गरिएको हो । गच्छदारले सो धरौटी रकम बुझाए तारेखमा राख्ने र नबुझाए नियमअनुसार कैद गर्न विशेष अदालतले भनेपछि गच्छदारले रकम बुझाएका हुन् ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा कैफियत देखिएपछि गच्छदार विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । विशेष अदालतले गच्छदारलाई फरार सूचीमा राखेको थियो । गच्छदारविरुद्ध विशेष अदालतले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै गतवर्ष मुद्दा दायर गरेको थियो । काँग्रेस नेतत्वको सरकार गठन भएलगत्तै गच्छदार आज बिहानै अदालतमा हाजिर भएर बयान दिएका थिए ।