विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न भवन बन्ने भएको छ । ३३ करोड २२ लाख ३८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा लागतमा सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो ।
उक्त लागतलमा पहिलो चरणमा अन्टरग्राउण्डसहितको चार तलाको भवन बन्नेछ । वहुवर्षीय योजना अनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ ।
अत्याधुनिक भवन निर्माणको लागि ठेक्का प्रक्रिया पुरा भइ बुधबार ठेक्दार कम्पनी रमन भूमि बिआइपिएल निर्माण कम्पनी जेबी र सहरी विकास तथा भवन निमार्याण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरबीच सम्झौता भएको इकाइका सूचना अधिकारी इन्जिनियर अशोक कुमार रामले जानकारी दिए ।
‘कोशी अस्पतालको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणको लागि ठेक्का प्रक्रिया पुरा भइ सम्झौता भएको छ,’ उनले भने, ‘अब निर्माणको प्रक्रिया अगाडी बढनेछ ।’ चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ ।
‘अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किक हुने स्टिमेटमा उल्लेख गरिएकोछ,’ इन्जिनियर रामले भने । दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ ।
यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ । पहिलो चरणमा संघीय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा रमन भूमिले ठेक्का पाएको हो ।
‘पहिलो चरणमा ४ तलाको भवन बन्ने हो । त्यसपछि योजना अनुसार तला थप हँुदै जानेछ,’ उनले भने । मास्टर प्लान्ट अनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौ तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ ।
अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने सम्झौता २०७७ असार २३ गते गरिएको भने निर्माण सकिने अवधि २०८० पुस २३ गते रहेको छ । सम्झौता भएपछि चाँडै भवन निर्माणको प्रक्रिाय अगाडी बढने बताइएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि ५ बेड पु¥याउने कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।