हिमाली जिल्लामा कोरोना संक्रमण घट्दै, प्रदेश १ को संक्रमण दर अझै ३३ प्रतिशत

विराटनगर । प्रदेश १ का हिमाली र पहाडी चार जिल्लामा कोरोना संक्रमणको दर शुन्य भएको छ । केही जिल्लामा भने अझै संक्रमण दर उच्च देखिएको छ ।

ओखलढुंगा र सोलुखुम्बुमा पछिल्लो सातादेखि संक्रमण शुन्य छ । तराईका जिल्लाहरुमा पनि कोरोना संक्रमितको संख्या घट्दो क्रममा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, उदयपुरलगायत जिल्लामा पनि संक्रमणको दर घटेको छ । यद्यपी सिंगो प्रदेशको संक्रमणदर अझै ३३ प्रतिशत हाराहारी रहेको छ । प्रदेशमा बुधबार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरी शनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुलेका २–२, सुनबर्षी, रंगेली, कानेपोखरी र जहदामा १–१ जना संक्रमित भेटिएका छन् । उता, सुनसरीको इटहरीमा ६४, धरानमा ४०, दुहवी र रामधुनीमा ३–३, बराहक्षेत्रमा २, भोक्राहा नरसिंहमा १ र स्थानीय तह नखुलेको ४, झापाको दमकमा ६६, भद्रपुरमा १३, मेचीनगरमा ९, कमल गाउँपालिकामा ५, विर्तामोड, बा¥हदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, अर्जुनधारा, कनकाई, हल्दिबारी र गौरादहमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, साँघुरीगढी, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ४, चुलाचुली र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा २, पाँचथरमा १, संखुवासभाको चैनपुरमा १ र भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७१ हजार ६६९ पुगेको छ ।

सक्रिय संक्रमित ७ हजार २५६ रहेको छ । प्रदेश १ मा बुधबार १ हजार १०२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९९ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेशमा बुधबार ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ ।

बिहिबार, १७ असार, २०७८, बिहानको ११:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर