ओशो आश्रममा जनचेतना

धरान । विश्वभरी महामारीको रुपमा फेैलिएको कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएका संसारभरीका मृतात्माहरुको चीरशान्तिको कामना गर्दै ओशो आश्रम धरानको प्रांगणमा शोकसभा सचेतना कार्यक्रम गरिएको छ ।

नेपाल–चीन मैत्री अमर रहोस्, कोरोना भाईरस विरुद्धको लडाईमा हामी साथसाथ छांै भन्ने नारा लेखिएको व्यानरमुनी मैनवत्ती बालेर एक नेट मौनधारण गरिएको थियो ।

नेपाल–चीन मितेरी संस्था प्रदेश १, हङकङ नेपाली महासंघ, वातावरण तथा पर्यटन विकास केन्द्र(सेढ नेपाल) र ओशो महापरी निर्माण ध्यान केन्द्र धरानको संयुक्त आयोजनामा भएको कार्यक्रममा हङकङमा भएका नेपालीहरुमा भने अहिलेसम्म कुनै संक्रमण नदेखिएको बताउनुभयो ।

कोरोनाबाट बच्न हात राम्ररी धुने, मास्क् लगाउने, एकअर्कामा ढेड मिटर टाढा बस्ने र भिडभाडमा जान नहुने बताइएको छ । कार्यक्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर तथा सहायक प्रवक्ता अशोक एैरले कोरोना भाईरस कमजोर तर शुक्ष्म जीवाणु भएकाले छिटै सर्ने र प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुलाई संकटमा पार्ने बताउनुभयो ।

वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले विश्वलाई नै जैविक अस्त्रको रुपमा फैलिएको कोरोना भाईरस परास्त गर्न नेपाली जडिबुटी खाने, सात्विक खाना खाने, आन्तरिक क्षमता बृद्धि गर्न पितापुर्खा ऋषिमुनीहरुले सिकाएको ध्यान प्रणायम गर्नुमा जोड दिनुपर्ने बताउनुभयो ।

सोमबार, ०३ चैत, २०७६, बिहानको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर