पाँचथर । सशस्त्र प्रहरी बल हिमशिखर गुल्मले विपत तथा जोखिम उद्दारको पूर्व तयारी अभ्यास गरेको छ । हरेक प्रकारका विपत्ति र ती विपत्तिहरुमा सशस्त्र प्रहरीले गर्ने उद्धारलाई नाटकीय रुपमा प्रस्तुति गर्दै प्रहरीलाई अभ्यास गराएको हो ।
सोमबार फिदिमको हिमशिखर गुल्ममा पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालको उपस्थितिमा कार्यक्रम गर्दै जोखिमको तयारी प्रदर्शन गरेको हो ।
वर्षा लागेसँगै जिल्लामा जोखिमको अवस्था निक्र्योल गरि सशस्त्र प्रहरीहरुलाई तयारी अवस्थामा राखिएको हिमशिखर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार जिल्लामा एउटा सुरक्षा बिट रहेको र ४ वटा बिओपी रहेको छ्न् । हरेक बिओपीमा दश जनाका दरले दक्ष सशस्त्र प्रहरी विपत उद्धारका लागि परिचालन हुनेछ्न् ।
यसअघि प्रमुख जिल्ला अधिकारी ढकालको अध्यक्षतामा बसेको जिल्ला विपत्त व्यवस्थापन समितिको बैठकले विभिन्न क्षेत्रगत रुपमा जिल्लाका जिम्मेवार निकायलाई विपत उद्धारका लागि काम कर्तव्य र अधिकारको बाँडफाँड गरेको थियो ।