विराटनगर । संघीय सांसद अमनलाल मोदीले आफ्नो निर्वाचन क्षेत्रमा राहत सामग्री वितरण गरेका छन् ।
मोरङको निर्वाचन क्षेत्र नं. ४ मा सांसद मोदीले निधेषज्ञाको बेला अफ्ठ्यारो अवस्थामा रहेका र आर्थिक अवस्था नाजुक भएका परिवारको लागि राहत सामग्री वितरण गरेका हुन् ।
मोदीले १ सय १० बोरा चामल र स्वास्थ्य सामग्री निर्वाचन क्षेत्रमा वितरण गर्न नेकपा माओवादी केन्द्र मोरङलाई हस्तान्तरण गरेका छन् । मोदीले दिएको राहत सामग्री पार्टीले निधेषज्ञाको समयमा अफ्ठ्यारो अवस्थामा परेकालाई वितरण गर्नेछ । राहत सामग्री विराटनगरको केही वडासहित मोरङको कटहरी, ग्रामथानको लागि वितरण हुनेछ ।
‘संक्रमण रोकथाम र नियन्त्रणमा राज्यले निषेधज्ञा गरेको समयमा सबैभन्दा बढी ज्यालादारी मजदुर समस्यामा परेका छन् । अहिले समस्यामा परेको बेला आर्थिक अवस्था नाजुक भएको परिवारलाई केही सहयोग पुसोस भनेर राहत सामग्री लिएर विर्नाचन क्षेत्रमा पुगिनेछ,’ मोदीले भने, ‘अहिले आर्थिक अवस्था नाजुक भएको परिवारलाई राहत सामग्री दिइनेछ । आवश्यकता अनुसार थप वितरण गर्दै जाने तयारी छ ।’
मोदीले क्षेत्र नम्बर ४ को विभिन्न स्थानमा ११० बोरा चामल र स्वास्थ्य सामग्री पनि वितरण गर्नेछन् । उनले कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने कटहरीका युवाहरूको टिमलाई पनि पिपिइ वितरण गरेका छन् । मोदीले राहत सामाग्री नेकपा माओवादी केन्द्रका मोरङ्ग जिल्ला सचिब गणेश उप्रेतीले र विराटनगर महानगरपालिका सचिब हेम कार्कीलाई हस्तान्तरण गरे भने १६ थान पिपिइ र स्वास्थ्य सामाग्री वाइसिएल विराटनगरका अध्यक्ष प्रविण गौतम र कटहरी वाइसिएलका अध्यक्ष दिपेश कामतलाई दिएका छन् ।