जसपाद्वारा ९ मन्त्रीलाई पार्टीबाट निष्काशन

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)को बहुमत कार्यकारिणी सदस्यको बैठकले सरकारमा सहभागी ९ जना मन्त्रीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराई पक्षीय कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोपक्षका ९ जनालाई कारबाही गर्ने निर्णय गरेको हो ।

यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरिसकेको छ ।

बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिंदै आएका चार जना सांसदलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । यस्तै पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा जाने र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्ने बैठकको निर्णय छ ।

बैठकले बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएको छ भने उद्धार र राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

बिहिबार, ०३ असार, २०७८, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर