पाँचथर । कोरोना भाइरस कारण शुक्रबार पनि पाँचथरमा दुई पुरुषको मृत्यु भएको छ । फिदिम नगरपालिका ८ का ८१ वर्षे पुरुष तथा सोही नगरपालिकाका ५३ वर्षे पुरुषको निधन भएको कोभीड फोकल पर्सन तेजबहादुर तुम्बापुले बताए ।
बिहीबार एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका ८१ वर्षे पुरुषको कोभिड १९ अस्थायी अस्पताल पाँचथरमा मृत्यु भएको बताइएको छ । अर्का ५३ वर्षे पुरुषको झापा स्थित बिर्तासीटी अस्पताल मृत्यु भएको हो । भाइसका कारण बिहीबार पनि जिल्लामा दुई पुरुषको ज्यान गएको थियो ।