संवैधानक इजलास सुरु, इजलासबारे बहसमा रोक

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनवाई वरिष्ठताको आधारमा गठन भएको संवैधानिक इजलासले नै गर्ने भएको छ ।

महान्यायाधीवक्तासहितका प्रधानमन्त्री पक्षधर कानून व्यवसायीले इजलासका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्नुपर्ने माग गर्दै आएकामा अब यहि इजलासमा सुनुवाई हुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार मुद्दाको सुनुवाइ अघि बढाउने आदेश दिएका छन् । इजलासको विवादबारे न्यायाधीश ईश्वर खतिवडाले संविधानतः प्रधानन्यायाधीश बाहेक इजलास नबन्ने र बाँकी चारजना न्यायाधीश एउटै डुंगामा रहेको भन्दै परिस्थितिवस इजलासमा आएका कसैले पनि छाड्न नसक्ने बताएका थिए ।

बेञ्च गठनको विषयमा अब उप्रान्त केही कुरा नसुन्ने र जे भन्नु पर्छ फैसलामा भन्ने खतिवडाले बताए । केही प्रश्नहरुको उत्तर मौनताबाटै दिन सकिने भन्दै बेन्च गठनको विषयमा अब उप्रान्त केही नसुने र न्यायालयमाथिको प्रहार नहसने चेतावनी दिएका छन् ।

अहिले रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ ।

इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

बुधबार, २६ जेठ, २०७८, दिउँसोको १२:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर