सुदुरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । भट्टलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले विश्वासको मत दिने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

नेकपा एमाले सुदुरपश्चि प्रदेश कमिटीले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन निर्देशन दिएको थियो । तर, संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको हो । सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेका २५ सांसद छन् । एमाले पार्टी भित्रको विवादका कारण संसदीय दलले पार्टी निर्णय अस्वीकार गर्दै स्वतन्त्र रुपमा निर्णय गर्दै आएको छ ।

सुदुरपश्चिम प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद ७ जना मात्र छन् । उनीहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नहुने मत बैठकमा राखेका थिए । तर बहुमतले विश्वासको मत दिने निर्णय गरेको हो । ओली पक्षीय सासदहरुले भने नोट अफ डिसेन्ट लेख्नसमेत नदिइएको भन्दै निर्णयमा असहति जनाएका छन् ।

मङ्गलबार, २५ जेठ, २०७८, बिहानको १०:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर