काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सोमबार पनि सुनुवाईलाई निरन्तरता दिइने भएको छ । सोमबारको सुनुवाईमा संवैधानिक इजलास गठन र त्यसमा सहभागिताका विषयमा आफु विरुद्ध उठेको प्रश्नको विषयमा न्यायाधीश दिपक कुमार कार्की र डा. आनन्दमोहन भट्टराइले आफ्नो राय दिने बताइएको छ ।
जेठ १८ मा कार्की र भट्टराइ राय सहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । आइतबार दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो ।