कृत्रिम अभाव सिर्जना नगर्न चेतावनी

उर्लाबारी । कोरोना भाइरसको संक्रमणको त्रास फैलाएर कृत्रिम अभाव सिर्जना नगर्न राष्ट्रिय युवा संघ नेपालले चेतावनी दिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीले शुक्रबार औषधि पसल तथा ग्याँस विक्री केन्द्रमा पुगेर सो सेचत गराएको हो ।

उर्लाबारीका एक दर्जन औषधि पसल तथा ग्याँस विक्री केन्द्रमा पुगेर कोरोना भाइसरको नाममा कृक्रिम अभाव सिर्जना नगर्न सचेत गराइएको उर्लाबारी नगर संयोजक राजिब लिम्बूले जानकारी दिनुभयो । माक्स, औषधि, ग्याँसलगायतको कालोबजारी सुरु भएको भन्दै संघले चिन्ता प्रकट गर्दै जनतालाई दुख दिने काम भए कडा रुपमा उत्र्ने चेतावनी दिएको छ ।

संघका केन्द्रीय सदस्य विजय डाँगीले कालोबजारी गरी जनतालाई दुख दिने काम नगर्न ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहाँले कृक्रिम अभाव सिर्जना गरी जनतालाई महँगो मुल्यमा सामान विक्री गरेको पाए त्यस्तालाई कानूनी कार्वाही गर्न प्रशासनलाई अनुरोध गर्नुभयो ।

त्यस्तै, संघका मोरङ संयोजक नविन पौडेलले माक्सलगायतको समान सहज रुपमा बिक्री वितरण गर्न सबैमा अनुरोध गर्नुभयो । उहाँले जनताको हित विपरीत काम गर्ने जोकोहीलाई नछोड्ने चेतावनी दिनुभयो । कार्यक्रममा मोरङ सह–संयोजक शंकर भट्टराई, जिल्ला सदस्य भीष्म बुढाथोकी, रविन लामा, दिपक आले मगरलगायतको उपस्थित रहेको थियो ।

शुक्रबार, ३० फागुन, २०७६, साँझको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर