विराटनगर । नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले ‘डेल्टा’ नामाकरण गरेको छ । विश्वको विभिन्न भागमा भेटिएका नयाँ भेरियन्टको नाम राख्दै विश्व स्वास्थ्य संगठनले नेपालमा भेटिएको भेरियन्टको नाम डेल्टा राखेको हो ।
विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।
भारतमा भेटिएको डेल्टा भेरियन्ट नेपालमा पनि फेला परेको हो । ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको छ । कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।