प्रदेश १ : २४ घण्टामा १७ को मृत्यु

विराटनगर । प्रदेश १ मा २४ घण्टायता कोरोना संक्रमणका कारण ७ महिला र १० पुरुष गरी १७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १, मेची अस्पतालमा २, नोबेल मेडिकल कलेजमा ५, विराट मेडिकल कलेजमा ७ जना र अन्य आइसोलेसमा २ जनाको मृत्यु भएको हो । यो सँगै प्रदेश १ मा २५६ जना महिला र ६१९ पुरुष गरी ८७५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या भने हालसम्म ५७ हजार ३८२ पुगेको छ । संक्रमित भएका मध्ये ३५ हजार ५७२ जना संक्रमणमुक्त भएका छन् । आज ३९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ९३५ पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आइतबार, १६ जेठ, २०७८, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर