कोशी कोभिडमा विधुत आपुर्ति असहज बन्दा गयो ६ जना संक्रमितको ज्यान

विराटनगर । विराटनगर-१० स्थित कोभिड–१९ उपचार केन्द्रको ट्रान्सर्फमरमा समस्या देखिएर विद्युत आपूर्ति असहज बन्दा ६ जना संक्रमितको ज्यान गएको छ ।

हावाहुरी र भारी बर्षाका कारण बिहीबार बेलुका विधुत अवरुद्ध भएपछि अस्पतालका उपकरणहरु नचलेर संक्रमित बिरामीको ज्यान गएको हो । अस्पतालले सहज विधुत आपुर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न छोडेर संक्रमितको ज्यान गएको श्रोतको दाबी छ । तर अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेर मुटुले समेत काम गर्न छोडेपछि उनीहरुको ज्यान गएको जनाएको छ । जसमा बिहीबार बेलुका १ जना, राती करिब १२ बजे २ जना र शुक्रबार बिहान ३ जना गरि २ महिला र ४ पुरुषको मृत्यु भएको अस्पतालका चिकित्सक डा. डेनप्रसाद आर्चायले बताए ।

बिहीबार राती ११:३५ मा विराटनगर–५ का ६५ बर्षीय पुरुष, १२:०५ मा वडा नं.–१ की ५९ बर्षीया महिला र १२:१५ मा दमक–८ की ५८ बर्षीया महिलाको मृत्यु भएको अस्पतालको सुचना अधिकृत अनुपम राजवंशीले बताए । उनले शुक्रबार बिहान पनि सिराहाको मिर्चैया–१ का आएका २७ बर्षीय पुरुष, सप्तरीको ६० बर्षीय पुरुष र भारदह–३ का ५० बर्षीय पुरुष गरि ३ जनाको ज्यान गएको जानकारी दिए ।

‘अस्पतालद्धारा जारी मृत्यु प्रमाणपत्रमा श्वासप्रश्वास र मुटुको समस्या कारण बिरामीको मृत्यु भएको उल्लेख गरिएको छ’, उनले भने, ‘बिहीबार राती ट्रान्सफर्मरमा समस्या देखिएको हो । पहिले विधुत कटेपछि स्वतः ट्रान्सफर्मर चल्थ्यो । तर हिजो लाईन गएपछि मान्छे राखेर बटम थिच्दै ट्रान्सफर्मर सुचारु गर्नुपरेकाले अलि अप्ठयारो भएको हो ।’

अस्पतालको ट्रान्सफर्मरमा देखिएको समस्याका कारण विधुत आपुर्ति असहज बनेपछि संक्रमित बिरामीको ज्यान गएको श्रोतको दाबी छ । अस्पतालद्धारा जारी प्रमाणपत्रलाई आधार मान्ने हो भने, विधुत आपुर्ति सहज ढङ्गले नभएकै कारण बिरामीले उपचारमा कठिनाई व्यहोर्नुपरेको अनुमान गर्न सकिन्छ । हाल कोभिड–१९ उपचार केन्द्रमा भने ८७ जना सक्रिय संक्रमितहरुको उपचार भईरहेको छ ।

 

शुक्रबार, १४ जेठ, २०७८, बिहानको ११:४४ बजे

प्रतिक्रिया

  1. यो सरकार को लापरबाही हो किनभने अस्पताल जस्तो संबेदनसिल ठाउँमा लाइन नजाने ब्यवस्था गर्नु पर्छ, कुलमानको बहिर्गमन पछि लाइन बिराटनगर मा दिनमा १० चोटि लाइन जाँदै आउदै गर्दै छ।

प्रतिक्रिया:

सम्बन्धित खवर